अख्तियार प्रमुख कार्कीको प्रस्ताव अगाडि नबढाउन दाहालको निर्देशन

dahal
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीबारे संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमा छलफल अगाडि नबढाउन सभामुख ओनसरी घर्तीलाई निर्देशन दिनुभएको छ ।

कांग्रेसका सांसद गगन थापाले गत साता संसदमा दर्ता गरेको उक्त प्रस्तावमाथि ुकुनै कारबाही अघि नबढाउनूु भन्ने दाहालको निर्देशनकै कारण सभामुख घर्तीले आलटाल गर्दै आएको माओवादी स्रोतले बताएको छ ।
थापाको प्रस्तावमा कांग्रेसकै सांसद धनराज गुरुङ र एमाओवादी सांसद श्याम श्रेष्ठले समर्थन गर्नुभएको थियो ।

माओवादी अध्यक्ष दाहालले सभामुख घर्तीलाई यो प्रस्ताव अघि नबढाउन निर्देशन मात्र दिनुभएको छैन कि यो प्रस्तावका समर्थक एमाओवादी सांसद श्याम श्रेष्ठलाई किन त्यो प्रस्तावमा सही गरेको भनेर सोध्नसमेत लगाउनुभएको छ ।
श्रेष्ठ स्वतन्त्र २६ सांसदमा माओवादीद्वारा मनोनित सांसद हुनुहुन्छ ।

साउन ११ गते ।