मच्छिन्द्रनाथको रथलाई जाउलाखेल पुयाइयो

ललितपुर । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको थटिटोलबाट तानेर आज जाउलाखेल पुयाइएको छ ।

लगनखेलको थटिटोलमा अवस्थित रथलाई तानेर कुमारीपाटी हुँदै जाउलाखेल पुयाइएको गुठी संस्थानका निमित प्रमुख वैकुण्ठ आचार्यले बताउनुभयो । रथ जावालाखेल पुयाइएको चौथो दिन अर्थात् १४ गते हिरामोतीजडित बहुमूल्य प्रसिद्ध भोटो देखाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

राजा नरेन्द्रदेव मल्लको पालादेखि प्रारम्भ भएको रथजात्रा उपत्यकामै लामो जात्राका रुपमा मनाइँदै आएको छ । मच्छिन्द्रनाथको रथयात्रा पुल्चोकवाट सुरु भएर गाःबाहाल, मङ्गलबजार, पाटन सुन्धारा, मिखाबहाल, लगनखेल, थटिटोल, कुमारीपाटी हुँदै जाउलाखेल पुयाएको हो ।