रक्तदान गर्नेको संख्या ३३ लाख

 

/]8qm;sf] :j0f{ hoGtL g]kfn /]8qm; ;f];fO6L /Qm;~rf/ ;]jfsf] :j0f{ hoGtL ljz]if ;df/f]xsf cj;/df a'waf/ cfof]lht /Qmbfg hgr]tgf kbofqfsf ;xefuLx? . kbofqf /Qm;~rf/ s]Gb| e[s'6Ld08kaf6 ;'? eP/ k'tnL ;8s, afuahf/, /Tgkfs{ x'Fb} /fli6«o ;efu[xdf ;dfkg ul/Psf] lyof] . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँ । पचास वर्षको अन्तरालमा रगत दान गर्नेको सङ्ख्या ३३ लाख पुगेको छ ।
नेपाल रेडक्रस सोसाइटी स्थापनाको तीन वर्षपछि सोसाइटीअन्तर्गतको रक्त सञ्चार सेवा केन्द्रले आजकै दिन अर्थात् २०२३ साउन १२ गतेदेखि रगत सङ्कलन तथा वितरणको कार्य सुरु गरेको थियो ।

नेपालमा रक्तसञ्चार सेवाका स्वर्ण जयन्तीका अवसरमा सोसाइटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार सोसाइटीले लक्ष्मी ब्लड बैंकको नामले वीर अस्पतालबाट रगत सङ्कलन र वितरण गर्न सुरु जनाइएको छ ।

सुरुको वर्षमा १९७ युनिट रगत सङ्कलन गरेको ब्लड बैंकले गत वर्ष करिब तीन लाख युनिट रगत सङ्कलन गरेको थियो । २०३९ असोज ३ गते भृकुटीमण्डपको नयाँ भवनबाट रक्त सञ्चार केन्द्रबाट रगत सेवा सुरु भएकोमा गत वर्षको भूकम्पले सो भवनलाई क्षति पुयाएको थियो । हाल ललितपुरको बालकुमारीबाट सो सेवा दिइरहेको छ ।

वीर अस्पतालका तत्कालीन बिरामी रत्नकाजी तुलाधरलाई दयावीर कंसाकारले रगत दान गरी बिरामीलाई बचाउनुभएको थियो । विसं २००० मा भएको सो कार्यबाट नै नेपालमा रगतदानको सुरुवात भएको बताइन्छ । कंसाकार नै पहिलो रक्तदाता मानिन्छ, उहाँ परोपकार संस्थाका सस्थापक पनि हुनुुहुन्छ ।

स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन संविधान कार्यान्वयनका लागि दलका बीच राष्ट्रिय सहमति आवश्यक रहेकामा जोड दिनुभयो ।

उहाँले राष्ट्रिय सहमतिका लागि दलहरु एक अर्कामा बाधक बन्न नहुनेमा जोड दिँदै सहमतिले नै समृद्ध नेपालको निर्माण हुन्छ भन्नुभयो ।

विनाशकारी भूकम्पले टहरामा दैनिकी गुजार्न बाध्य भएका पीडित र हालैको वर्षात्ले तराई मधेसमा आएको बाढी र डुबान तथा पहाडी जिल्लामा बाढी, पहिरो पीडित जनतालाई छिटो उद्धार गरी राहत दिन र मानवीय सहयोग पु¥याउन उपराष्ट्रपति पुनले सरकारसित आग्रह गर्नुभयो ।

सो अवसरमा उपराष्ट्रपति पुनले नेपालमा रक्त सञ्चार सेवामा अतुलनीय योगदान पु¥याएबापत सोसाइटीका अध्यक्ष सञ्जीव थापाले धेरैपटक रगतदान गर्ने रक्तदातालाई सम्मान एवम् पदक प्रदान गर्नुभएको थियो ।

सो अवसरमा अध्यक्ष थापाले अगामी दिनमा रक्त सञ्चार सेवालाई गुणस्तरीय बनाउँदै देशभरि नै यसका सेवा पु¥याउने जानकारी दिनुभयो । हाल देशका ७० जिल्लामा मात्र यसको सेवा पुगेको छ ।

सोसाइटीका उपमहामन्त्री तथा स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक हरिप्रसाद न्यौपानेले रगतदान जीवनदान भएकाले रगतदान गर्न स्वयम्सेवीलाई प्रोत्साहन गर्न सोसाइटीले काम गरिरहेको बताउनुभयो ।

सो अवसरमा सोसाइटीद्वारा प्रकाशित स्वर्णजयन्ती स्मारिकाको पनि सार्वजानिक गरिएको थियो ।

सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले मानवीय सेवाका लागि सोसाइटीले काम गरिरहेको बताउनुभयो । स्वर्ण महोत्सवकै अवसरमा आज बिहान प्रभातफेरीको आयोजना समेत गरिएको थियो ।