अनुदान वाँड्न २० अर्बको अख्तियारी

काठमाडौं, १२ साउन
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई अनुदान पाउने सूचीमा परेका सबै घरधनीलाई घर पुनर्निर्माणका लागि पहिलो किस्ता अनुदान रकम स्वरुप उपलब्ध गराउन २० अर्ब रुपैयाँ बराबरको बजेटको अख्तियारी प्रदान गरेको छ । प्राधिरकणले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको केन्दं्रीय आयोजना कार्यान्वयन इकाईलाई सो रकमको अख्तियारी दिएको हो ।
प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले ४ लाख ७४ हजार ४ सय ४४ घरधनीलाई पहिलो किस्ता रकम उपलब्ध गराउन २३ अर्ब ७२ करोड २२ लाख रुपैयाँ आवश्यक पर्नेमा तत्कालकालागि पधिरकणले सो रकमको अख्तियारी दिएको वता । अनुदान रकम व्यवस्थापन गर्नका लागि दातृ निकाय र नेपाल सरकार गरी १९ अर्ब ३३ करोड ९ हजार १ सय ५० रुपैयाँ खर्च गर्न सकिने छ । बाँकी ४ अर्ब ३८ करोड ३० लाख ५० हजार रुपैयाँ अघिल्लो वर्षको बचत तथा विभिन्न गैरसरकारी संस्थाहरुमार्फत उपलब्ध गराउने व्यवस्था रहेको उनले वताए ।
पहिलो किस्ता रकम रसुवाका ८ हजार ३ सय ८६ घरपरिवाललाई ४१ करोड ९३ लाख, काभ्रेका ६४ हजार २३ घर परिवारलाई ३ अर्ब २० करोड ११ लाख ५० हजार, दोलखा ४१ हजा ४ सय ८८ परिवारलाई ३ अर्ब ६६ करोड ६३ लाख ५० हजार, धादिङका ६७ हजा ७ सय १३ परिवार ३ अर्ब ६६ करोड ६३ लाख ५० हजार र रामेछापका ४१ हजार ४ सय ३३ परिवारलाई २ अर्ब ७ करोड १६ लाख ५० हजार रम आवश्यक छ । यस्तै ६ गोरखाका ३९ हजार ५ सय ८२ परिवारलाई ५ अर्ब २ करोड २ लाख, नुवाकोटका ६० हजार ६ सय २२ परिवारलाई ३ अर्ब ३ करोड ११ लाख, सिन्धुपाल्चोकका ७० हजा ८ सय २१ परिवारलाई ९५ करोड १७ लाख, ओखलढुंगाका १८ हजार ४ सय १९ परिवारलाई ९२ करोड ९ लाख ५० हजार, सिन्धुलीका ३२ हजार १ सय ५९ परिवारलाई ६ अर्ब ६० करोड ९७ लाख ५० हजार, ललितपुरका १४ हजार ३ सय ७१ लाख ५० हजार र मकवानपुरका २९ हजार ४ सय २९ परिवारलाई १ अर्ब ४७ करोड ९ लाख ५० हजारगरी जम्मा ४ लाख ७४ हजार ४ सय ४४परिवारकालागि १९ अर्ब ३३ करोड ९१ लाख ५० हजार उपलब्ध गराइएको हो ।