पूर्वाधार निर्माणका योजना अनुगमनमा उपमेयर डंगोल, अनुगमन नियमित गर्ने भनाई

काठमाडौं, ११ पुस । काठमाडौं महानगरपालिकाले पूर्वाधार निर्माणको योजनाहरुको अनुगमन तथा मुल्याङ्कनको काम नियममित रुपमा गर्ने भएको छ । यहि सिलसिलामा उपमेयर सुनिता डंगोलसहितको टीमले आज आज वडा नं. २९ को निर्माणाधीन कार्यालय भवन र व्याटमिन्टन कोर्टको अनुगमन ग¥यो । ‘पूर्वाधार निर्माणको योजना, लागत अनुमान र सार्वजनिक खरिद प्रक्रियामा उल्लेख भएका सर्तहरु अनुगमनका सूचक हुन्,’ अनुगमनका क्रममा संयोजक डंगोलले भन्नुभयो, ‘लगानी बराबरको नतिजा प्राप्त गराउनु अनुगमनको उद्देश्य हो ।’

उहाँले वडा कार्यालयको अनुगमन गर्दा छड, सिमेन्टको गुणस्तर, निर्माण स्थलको सतह, भूमिगत तला, निर्माण सामग्रीको मिश्रण र मोटाइलगायत पक्ष हेरिएको जानकारी दिनुभयो । टोलीले व्याटमिन्टन कोर्टको उपयोग र पहुँचको पक्ष पनि हेरेको थियो ।

‘हामीले आज दुई ठाउँको अनुगमनमा कामको प्रगति हेर्ने, गुणस्तर जाँचको काम हेर्ने गर्यौ,’ उहाँले भन्नुभयो, ‘टीओआर अनुसार छ कि छैन भनेर हेर्ने काम भयो । यो खालको कामलाई हरेक हप्ता अभियानकै रुपमा सञ्चालन गर्ने तयारी छ,’ उहाँले भन्नुभयो, ‘वडाबाट बजार अनुगमन नियमित रुपममा भैरहेको छ । टोली खटाउने काम पनि भैरहेको छ । हामी ठूला योजनाको पनि निरन्तर अनुगमनमा छौँ । प्राविधिक टीमबाट पनि अनुगमनको काम भैरहेको छ ।’