एमाले सुदूरपश्चिम सम्पर्क मञ्चको अध्यक्षमा खत्री

काठमाडौं, ११ पुस । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सम्पर्क मञ्चको दोस्रो सम्मेलनले सुरत खत्रीलाई अध्यक्षमा निर्वाचित गरेको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा निवर्तमान सचिव रोसन देव पन्त र सुरत खत्रीबिच प्रतिस्पर्धा भएको थियो ।

मञ्चको उपाध्यक्षमा वीरसिंह धामी, सचिवमा इन्जिनियर खगेन्द्र कुमार साउद, उपसचिवमा पार्वती कडायत र नरेश धमेना सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरूमा रुपेश साउद, सत्यकुमारी कुँवर, दीपेन्द्र सिंह ऐरी, किरण सिंह विष्ट, उर्मिला साउद, सिङ्गलाल बोहरा, दिनेश बहादुर धामी, नवराज श्रेष्ठ, पालुराम चौधरी, नविनराज गिरी, कर्णसिंह विष्ट, पवित्रा साउद, गीता महर, कुन्तिदेवी धामी र रमा कुँवर चयन हुनुभएको छ।