गाडीमा आगजनीपछि तनावग्रस्त बन्याे ग्वार्को

ललितपुर, १३ पुस । ललितपुरकाे बालकुमारी ग्वार्को सडकखण्ड तनावग्रस्त बनेको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै सिप बिल्डिङमा अनुत्तीर्ण भएका विद्यार्थीहरू आन्दोलित भएर मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि स्थिती तनावग्रस्त बनेको हो।

आन्दोलित इपिएस परीक्षार्थीहरूले मन्त्री ज्वालालाई गाडीबाट निकालेर गाडीमा आगजनी गरेका थिए । आन्दोलनकारीकाे आगलागीबाट बा २ झ ५८६१ नम्बरको गाडी पुरै जलेकाे छ ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार मन्त्रीलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्याएको छ ।

ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । प्रहरीले गाडी आगजनी गर्ने पाँच जनालाई पक्राउ गरेकाे जनाएकाे छ ।