हेटौंडामा मोटरसाइकलकाे ठक्करले एक प्रहरीको मृत्यु, तीनजना घाइते
काठमाडाैं, १८ पुस । हेटौंडामा मोटरसाइकलकाे ठक्करले एक प्रहरी जवानको मृत्यु हुनुका साथै तीनजना घाइते भएका छन् ।
हेटौंडा उपमहानगरपालिकाको थाना भर्याङमा मोटरसाइकलले ठक्कर दिंदा प्रहरी जवान२५ वर्षिय विनोद एडीको मृत्यु भएको छ ।
डडेलधुरा जिल्ला आलिताल गाउँपालिका ६ घर भएका एडी आज विहान दोडिँदै गरेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएको थियो । एडी बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत थिए ।
मोटरसाइकल समेत अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक ४१ वर्षिय लक्ष्मण लामा गम्भिर घाइते भएका छन् । उनलाई उपचारका लागि चितवन लगिएको छ ।
दुर्घटनामा सोही गणमा कार्यरत अन्य दुई प्रहरी जवान घाइते भएका छन् । घाइते भएका प्रहरी जवान नवराज सार्की र विजय खत्री भने सामान्य उपचार पछि गण फर्किएका छन् ।