पूर्वराजासँग भेटघाटपछि राजेन्द्र लिङ्देनको प्रतिक्रियाः यो नियमित भेटघाटकै क्रम हो
काठमाडौंं, १८ पुस । राप्रपाका शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन् । उनीहरुले भैरहवामा भेटवार्ता गरेका हुन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशम्शेर राणा र सांसद दिपक सिंह सहभागी हुनुहुन्थ्यो । भेटपछि मैत्रिन्युजसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो– ‘हाम्रो नियमति भेटघाट भैरहन्छ । यो पनि भेट पनि नियमित भेट हो । यो सामान्य भेटघाट भएकाले धेरै कुराहरु भएनन् ।’