भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आइपुगे

काठमाडौं, १९ पुस । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुग्नुभएकाे छ । उहाँ नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउनुभएकाे हाे ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गर्नुभएकाे छ ।

उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।

उहाँ आज दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुनुहुनेछ भने शुक्रबार बिहान ८ बजे पशुपतिनाथको दर्शन गरेर मध्याह्न स्वदेश फर्किने कार्यक्रम छ ।