काठमाडौंकाे न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस

काठमाडौं, २० पुस । काठमाडौं उपत्यकालगाएत देश भरीनै जाडाे क्रमस बढ्दै गइरहेकाे छ ।

हिजोको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस रहेकाे काठमाडाैंकाे तापक्रम आज न्यूनतम ३.५ डिग्री सेल्सियस मापन गरिएकाे छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस थियो । पौने ९ बजे झन् घटेर ३.५ डिग्री सेल्सियस मापन भएको र यो यस सिजनको अहिलेसम्मको सबैभन्दा कम तापक्रम भएको उहाँले बताउनुभयाे।

न्यूनतम तापक्रम घटेकाले आज काठमाडौंमा अन्य दिनको तुलनामा जाडो पनि धेरै महसुस भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । पश्चिमी वायुको प्रभावले केही बदली पनि भइरहेको छ । यसले कुहिरो हटाउन मद्दत गर्ने भए पनि तत्काल पानी पर्ने सम्भावना भने नरहेको मौसमविदहरुले बताउनुभएकाे छ ।