सर्लाहीको बरहथवामा झडपका क्रममा प्रहरीकाे गाेली लाग्दा एकजनाको मृत्यु

सर्लाही, २० पुस । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा प्रहरीकाे गाेली लागेर एक जनाकाे मृत्यु भएकाे छ ।

सर्लाहीको बहरथवा नगर अस्पताललाई प्रदेशमातहत राख्न माग गर्दै भएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एकजना प्रदर्शनकारीको मृत्यु भएको हाे । मृतकको पहिचान हुन सकेको छैन ।

बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनमा प्रहरी बीच झडप भएको हो ।

आन्दोलनकारीबाट नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।