आज केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं, २१ पुस । आज मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी र मधेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति कोशी, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।