बंगलादेशमा प्रधानमन्त्री हसिना बहुमतका साथ पाँचौं कार्यकालका लागि विजयी

काठमाडौं, २३ पुस । संसदीय निर्वाचनमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना लगातार चौथो पटक विजयी हुनुभएका छन् ।

आइतबार भएको निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टी अवामी लिग र उहाँका सहयोगी दलहरुले दुई तिहाइ सिटमा बहुमत प्राप्त गरेसँगै उहाँ चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने सुनिश्चित हुनुभएको हो

तीन सय संसदीय सीटमध्ये कम्तीमा १ सय ५२ सीटमा अवामी गठबन्धनले जित हासिल गरेको बीबीसीले जनाएको छ । प्रमुख विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी बीएनपीले चुनाव बहिष्कार गरेपछि अवामी गठबन्धन र सहयोगीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ ।मतपरिणामको औपचारिक घोषणा भने आज साँझसम्ममा गर्ने तयारी गरिएको छ ।

सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभएका हसिना २००९ मा पुनः निर्वाचित हुनुभएकाे थियाे। पछिल्लो जितसँगै प्रधानमन्त्री हसिना बंगलादेशको इतिहासमा सबैभन्दा लामो समयसम्म सत्तामा रहने पहिलो व्यक्ति बन्नुभएकाे छ ।