प्रहरीमाथि हातपात गरेको अभियोगमा थानकोट बाट एकजना पक्राउ
काठमाडौँ, २३ पुस । प्रहरीमाथि हातपात गरेको अभियोगमा चन्द्रागिरि नगरपालिका–३ थानकोट बसपार्कबाट एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाही मलङ्गवा नगरपालिका–६ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुङ्गाबाट आउँदै गरेको बा ५७ प ५९४६ नं को स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेपश्चात उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सो क्रममा ह्याण्ड सेट एक थान क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको
छ ।