उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ
काठमाडौं, २३ पुस । उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिनु भएकाे छ ।
उच्च अदालत पाटनमा आयोजित एक कार्यक्रममा आज प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाले नवनियुक्त न्यायाधीशहरूलाई शपथ गराउनुभएकाे हाे ।
शपथग्रहणसँगै नवनियुक्त न्यायाधीशहरू भोलिदेखि माघ १२ गतेसम्म प्रशिक्षणमा रहनुहुनेछ । प्रशिक्षण सकिए पश्चात उहाँहरू तोकिएको उच्च अदालतमा जानुहुनेछ ।