दाेहाेराे अंकले बढ्यो नेप्से
काठमाडाैं, २३ पुस । नेप्से परिसूचक दाेहाेराे अंकले बढेर बन्द भएकाे छ । अघिल्लाे दुई कारोबार घटेर बन्द भएको नेप्से, यस दिन दाेहाेराे अंकले बढेर बन्द भएको हाे।
सोमबार नेप्से परिसूचक ३६.५७ अंक बढेर २०५९.४९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ४.२७ अंक बढेको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन ३०९ स्टकको ९९ हजार ५२४ पटकको कारोबारमा ४ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बराबरको १ करोड ३७ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिंगटी हाइड्रो, मोदी इनर्जी, त्रिशुली जलविद्युत, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, हिमालयन रि इन्स्योरेन्स, तेह्रथुम पावर कम्पनी र समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यसैगरी, यस दिन अन्य ७ स्टकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ५.४६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ उपसमूह मध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.७३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, जलविद्युत, लगानी र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।