नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट जेएन १

काठमाडौं, २३ पुस । ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ नामक काेराेना नेपालमा पहिलाे पटक भेटिएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९ पुष्टि भएकाहरु मध्येको १६ वटा नमूनको जिनोमी सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ पुष्टि भएको हाे ।
कोभिड १९ को नयाँ सव भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सबै हेल्थ डेस्कहरु, स्वास्थ्य कार्यालयहरुमार्फत आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्न र स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयले कोरोना संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि भीडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुन पानीले हात धुन पनि अपिल गरेको छ ।