राष्ट्रियसभा निर्वाचनकाे उम्मेदवारविरुद्ध आज दाबीविरोध

काठमाडौं, २४ पुस । राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुविरुद्ध आज दाबीविरोधका लागि उजुरी हाल्न सकिने भएको छ ।

निर्वाचन आयोगका अनुसार आज मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ ।

आयोगमा १९ सीटका लागि माघ ११ गते हुने निर्वाचनका लागि ५२ उम्मेदवारी परेको छ । आज परेका उजुरीविरद्ध बिहीबारसम्म जाँचबुझ गरी नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

यही पुसको २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।