उच्च भोल्टेजको ट्रान्सफर्मर चढेका युवा करेन्ट लागेर गम्भीर घाइते

काठमाडौं, २४ पुुस । भारतको उत्तर प्रदेशमा अवस्थित नोएडा जेवर पुलिस स्टेशन आसपासक क्षेत्रमा एक युवक बिजुलीको ट्रान्सफर्मरमा चढेको भिडियो भाइरल भएको छ । उच्च भोल्टेजको ट्रान्सफर्मरमा चढेका ती युवा करेन्ट लागेर तल झरेका थिए । गम्भीर रूपमा जलेका ती युवकलाई तत्काल कैलाश अस्पताल लगिएको भारतीय सञ्चार माध्ययम आजतकले समाचारमा उल्लेख गरेको छ ।

भारतमा मात्रै होइन यस्ता घटना नेपालमा पनि हुने गरेका छन् । केही समय अघि नुवाकोटको विद्युत प्रशारण लाइनको लठारो समाएर हिँडिरहेका एक पुरुषलाई उद्धार करीब ७ घण्टा लागेको थियो । नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँका माइला विकलाई त्यतिबेला करीब ७ घण्टापछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।