बाजुरामा १३ दिने सुत्केरीकाे जहाज कुर्दाकुर्दै मृत्यु

सुर्खेत, २४ पुस । बाजुराको कोल्टीमा एक १३ दिने सुत्केरीकाे मृत्यु भएकाे छ । हुम्ला ताजाँकोट गाउँपालिका–५ का सुत्केरी अंशु बुढाको उपचारमा ढिलाइहुँदा मृत्यु भएको हो ।

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू निःशुल्क हवाई उद्वार कार्यक्रम भएको भएपनि उनको उद्वार गर्ने खबर ढिलो हुँदा बुढाको ज्यान गएको सांसद रनसिंह परियारले जानकारी दिए ।

थप उपचारका लागि लैजान उनलाई आइतबार कोल्टी विमानस्थल पुर्‍याइएको थियो । ‘सोमबार कोल्टीमा हवाइजहाजको उडान भएन । आइतबार कोल्टीमा ल्याएका रहेछन् ।’ सांसद परियारले भने, ‘अबेर भएका कारणले सेनाको हेलिकप्टर जान सकेन् ।’

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू निःशुल्क हवाई उद्वार कार्यक्रम भएको त्यसबाट उनको उद्वार गर्न सकिने अवस्थामा खबर ढिलो हुँदा बुढाको ज्यान गएको सांसद परियारले जानकारी दिए ।