तपस्वी भनिने बम्जनलाई सीआईबीले कराेडाैं रकमसहित सार्वजनिक गर्यो, ५ करोडकाे गाडी चढ्ने याेजना फेल

काठमाडौं, २५ पुस । तपस्वी भनिने रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले कराेडाैं रकमसहित सार्वजनिक गरेको छ ।
ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरेर बम्जनलाई उनकाे घरमा भेटिएकाे कराेडाैं रूपैयाँसहित सार्वजनिक गरिएको हो ।
ब्यूरोले बम्जनले चढ्ने गरेकाे प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको टोयटा फर्च्युन गाडीका साथ, क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत चार वटा मोटरसाइकल पनि रहेको जनाएकाे छ ।
बम्जनले हालै सेतो रङको ल्याण्डक्रुजर गाडी ५ करोडमा खरिदका लागि ३ करोड भुक्तानी गरिसकेको खुलेको सीआईबीले जनाएको छ । तर उनले याे गाडी चढ्ने याेजना भने फेल भएकाे छ ।
बम्जनलाई छिट्टै सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको सीआईबीले जनाएको छ । बम्जनमाथि सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो ।
बम्जन मंगलबार बुढानीलकण्ठस्थित घरबाट पक्राउ परेका थिए ।