नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चौधरी निर्विरोध

धनगढी, २७ पुस । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित हुनुभएकाे छ ।

कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा निर्वारोध निर्वाचित गरेका हुन् । टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको थियाे ।

दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्वारोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टी खोल्नुभएकाे थियाे ।

अध्यक्ष हुनुभएका चौधरी यसअघि पार्टीको संरक्षक रहनुभएकाे थियाे। पार्टी अध्यक्षमा उहाँकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी रहनुभएकाे थियाे । उहाँ  अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री  हुनुहुन्छ ।

वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्वारोध निर्वाचित हुनुभएकाे छ ।