मालदिभ्सका राष्ट्रपति मुइज्जुको भारत लक्षित अभिव्यक्तिः सानो देश हौँ तर तपाईँहरुलाई धम्कीको अनुमति छैन
काठमाडौं, २९ पुस । मालदिभ्सका राष्ट्रपति महोमद मुइज्जुले आफ्नो देश आकारमा सानो भए पनि कसैले हेप्ने लाइसेन्स नभएको उल्लेख गर्नुभएको छ । मालदिभ्सको अखबार अटोल टाइम्स का अनुसार उहाँले चीनको आफ्नो पहिलो राजकीय भ्रमण पूरा गरेर फर्किने क्रममा उहाँले भेलाना अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रपति मैजुले माल्दिभ्स र भारतबीचको तनावपूर्ण सम्बन्धको यस्तो अप्रत्यक्ष प्रतिक्रिया दिएको पनि अखबारमा उल्लेख छ ।
‘माल्दिभ्सको सानो आकार कसैको लागि देशलाई ‘धम्की’ गर्ने ‘लाइसेन्स’ होइन,’ अटोल टाइम्सको अनलाइन संस्करणमा लेखिएको छ,’ ‘हामी आकारमा सानो हुन सक्छौं, तर यसले तपाईंले हामीलाई धम्की दिने अनुमति दिँदैन ।’
माल्दिभ्स लामो समयदेखि बिरामीहरूलाई देशका विभिन्न टापुबाट राजधानी मालेसम्म एयर लिफ्ट गर्न र औषधि र खाद्य पदार्थहरू जस्ता आवश्यक वस्तुहरू आयात गर्न भारतमा भर पर्दै आएको थियो । उहाँले सो सन्र्दभमा पनि भारतको सहयोगमा चलेको एयर इम्बुलेन्सलाई हटाउने र मालदिभ्सकै ध्वजावाहकबाट त्यो काम सुरु गर्ने उल्लेख गर्नुभयो । उहाँले आगामी मार्च १ बाट भारतीय एयर एम्बुलेन्स प्रयोग बन्द हुने बताउनुभयो । उहाँले चीनसँग दिगो खाद्य सुरक्षाको कुरा अगाडि बढेको उहाँको भनाई थियो ।
मालदिभ्समा भएका भारतीय सैनिकहरूलाई हटाउने ‘इन्डिया आउट’ नारा लिएर चुनावमा विजयी हात पार्नु भएका मुइज्जुले मालदिभ्सका राष्ट्रपतिको पहिलो राजकीय भ्रमण भारत गर्ने परम्परा समेत तोड्नु भएको छ । उहाँलेपहिलो राजकीय भ्रमण टर्की गर्नुभएको थियो भने दोस्रो राजकीय भ्रमण उहाँले चीनको गर्नुभएको छ । भारत निकट भनेर चिनिनु भएका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु विजयी हुनुभएको थियो । उहाँले १७ नोभेम्बरमा नयाँ राष्ट्रपतिको शपथग्रहण गर्नुभएको हो । गत दशकमा दिल्लीले माल्दिभ्सलाई दुईवटा हेलिकप्टर र एउटा सानो आकारको विमान दिएको थियो।
राष्ट्रपतिले चीन भ्रमणका क्रममा पनि चीन र माल्दिभ्स भौगोलिक रूपमा धेरै टाढा रहेको र माल्दिभ्सको तुलनामा चीन शक्तिशाली र ठूलो राष्ट्र भएको भन्दै यद्यपि दुवै देशले एकअर्कालाई विना भेदभाव र समानताको व्यवहार गर्ने उल्लेख गर्नुभएको थियो । उहाँले त्यहाँ पनि भारतप्रति लक्षित गर्दै देशको आकार वा दुई राष्ट्रहरू बीचको दूरीले भेदभाव गर्न नमिल्ने बताउनु भएको थियो ।
उहाँले क्षेत्रीय अखण्डताको बारेमा बोल्दै माल्दिभ्सले चीनको ‘एक चीन’ नीतिलाई पूर्ण रूपमा स्वीकार र समर्थन गर्ने बताउनु भएको थियो । त्यसैगरी चीनले माल्दिभ्सको क्षेत्रीय अखण्डतालाई समर्थन गरेको पनि उहाँले बताउनु भएको थियो ।