गायिका माण्डबी र डा.भामाको ‘आदत’ सार्वजनिक
काठमाडौँ, २९ पुस । लोकप्रिय गायिका माण्डबी त्रिपाठीको स्वर तथा डा.भामा देवकोटा शर्माको शब्द रहेको गीत ‘आदत’ सार्वजनिक भएको छ ।
गीतमा संगीत तथा संगीत संयोजन बिपिन आचार्यको रहेकाे छ । रोमान्टिक शैलीमा तयार पारिएकाे गीतमा प्रेमीकाले आफ्नो जीवनमा प्रेमीको आदत परेको कुरा ब्यक्त छ । प्रेमीकाले आफ्ना लागि प्रेमीकोसाथ अपरिहार्य रहेको समेत बताएकी छन् ।
गीतको भिडियो फिल्मी शैलीमा तयार गरिएको छ । भिडियोमा हास्य सिरियल ‘सक्किगोनी’को कलाकार प्रियाना आचार्य मुन्नी’, संजिव तामाङ, गीतकार डा.भामा देवकोटा शर्मा, डा. प्रमोद शर्मा, श्यामा देवकोटाको अभिनय छ । डा. प्रमोद शर्मा निर्माता रहेको भिडियोमा प्रेमीप्रेमीकोको रोमान्टिक प्रेमकथा देखाइएको छ ।
सञ्जिव तामाङको कोरियोग्राफी, विजय रुम्बा लामाको छायांकन तथा सम्पादन रहेको भिडियो संगीतकार विपिन आचार्यले नै निर्देशन गरेका हुन् । गीत अमेरिकामा रहेर नेपाली गीतसंगीत, साहित्य र संस्कृतिलाई माया गर्ने जोडी डा. भामा देवकोटा शर्मा र डा. प्रमोद शर्माको आधिकारिक युट्युव च्यानल प्रभामा क्रियसनबाट सार्वजनिक गरिएको हो ।
नेपाल र अमेरिकाको बिभिन्न स्थानमा छायांकन भएको भिडियोेको अमेरिका छायांकन चर्चित छायांकार रामेश्वर कार्कीले गरेका हुन् । फिल्मी शैलीमा तयार भिडियोमा चर्चित फिल्म निर्देशक नारायण पुरीको समेत विशेष मार्गनिर्देशन रहेको निर्देशक संगीतकार आचार्यले बताए ।