बलात्कार गरेकाे अभियोगमा उदयपुरबाट एकजना पक्राउ

उदयपुर, २ माघ । उदयपुरमा बलात्कार गरेकाे अभियोगमा एकजना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय कटारीका अनुसार ४५ वर्षीया महिलालाई बलात्कार गरेकाे अभियोगमा कटारी नगरपालिका-८ बेलटार मरुवा बस्ने ५० वर्षीय टंक बहादुर कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

कार्कीले ती महिलालाई घर नजिकै पाखाबारीमा लगेर बलात्कार गरेकाे भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।