सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण
काठमाडाैं, १० माघ । सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । मिलाप पब्लिकेशनको आयोजनमा काठमाडौंमा एक समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो ।
साहित्यकार तथा कथाकार माया ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, साहित्यकार खेमनाथ दाहाल, लेखक गीता अधिकारी, महिला सुरक्षा दबाब समूह अध्यक्ष कल्याणी शाह, सञ्चारिका समूह अध्यक्ष विमला तुम्खेवा, हिमालय टाइम्स दैनिकका कार्यकारी निर्देशक उज्ज्वल शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्ट, वशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार विमल भौकाजी, पब्लिकेसनका अध्यक्ष कृष्ण भुसाललगायतले उत्त पुस्तकको लोकार्पण गर्नुभएको थियो ।
लेखिका अधिकारीले आफूले विभिन्न समयमा पढेका पुस्तकका बारेमा विभिन्न पत्रिकामा प्रकाशित भएका पुस्तक परिचयलाई यसमा समावेश गरेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘पत्रकारितामा संलग्न हुँदै गर्दा मैले पढेर विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका लेखलाई यसमा समावेश गरेकी छु । यसलाई समीक्षाभन्दा पनि पुस्तक परिचयका रूपमा बुझ्नका लागि अनुरोध गर्दछु ।’
पुस्तकका रहेका स्रष्टामध्येबाट उपन्यासकार सन्तोष श्रेष्ठले गीताले पत्रकारितमा रहँदा रहँदै कृति पाठकमाझ ल्याएकोमा बधाई दिँदै केही कमिकमजोरीका बाबजुद पनि राम्रो कृति आएको बताउनुभयो । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष एवं गीतकार शान्तिप्रियले गीतासँग आफूले सहकार्य गरेको बताउँदै चलचित्र पत्रकारितमा लामो समयसम्म टिकिरहनु नै महत्वपूर्ण कुरा रहेको जिकिर गर्नुभयो ।
यस्तै, वरिष्ठ संगीतकार राजु सिंह, विशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार दामोदार पुडासैनी प्राडा अर्जुनदेव भट्टले कृतिका लागि अधिकारीलाई बधाई तथा शुभकामना दिँदै उहाँको सक्रियता निरन्तर्ताका लागि शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।