काठमाडौं महानगरअगाडि फुटपाथ व्यवसायीले गरे विरोध प्रदर्शन
काठमाडौं, १० माघ । फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगर अगाडि प्रदर्शन गरेका छन् ।महानगरले प्रहरीले व्यवसायीहरूलाई दुख दिन थालेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
आइतबार साँझ नगर प्रहरीले विभिन्न स्थानबाट फुटपाथ व्यवसायीहरूकाे सामानसहितका ठेला जफल गरेपछि व्यवसायीहरू प्रदर्शनमा उत्रेका हुन् ।
व्यवसायीहरूकाे जफत गरिएका सामान फिर्ता गर्नुपर्ने लगाएतका माग राख्दै टेवुलबाट निकास खाेजिनुपर्ने नेपाल स्वतन्त्र श्रमिक व्यापार संघका अध्यक्ष कुमार सापकाेटाले बताउनुभयाे ।
महानगरको कार्यालय काठमाडौं प्लाजा पुगेका उनीहरूले आफूले निर्बाध रूपमा व्यवसाय गर्न पाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।