यू–१९ विश्वकप :

यू–१९ विश्वकप :अफगानिस्तानविरुद्ध नेपालले लियाे आठाैं विकेट

काठमाडौं, १२ माघ । आईसीसी यू-१९ विश्वकप खेलमा नेपालले अफगानिस्तानको आठौं विकेट लिएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २१ ओभरमा ८ विकेट गुमाउँदै ८८ रन बनाएको छ ।

स्पिनर दीपेश कँडेलले २१ औं ओभरको तेस्रो बलमा अरब गुललाई शून्यमा एलबीडब्लू आउट गरे । सातौं विकेटको रुपमा मोहम्मद अल्लाह घजान्फर २१ बलमा ४ चौका र ३ छक्कासहित ३७ रनमा आउट भएका थिए ।

नेपाललाई बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा क्याच आउट गरे ।

उनी टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भएका थिए । त्यसपछि आकाश चन्दले पाँच विकेट लिदै खेलमा हाबी गराएका थिए ।

आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए ।

जाश्मिद जद्रानलाई ३ रनमा बोल्ड आउट गरे । त्यसपछि सोहिल खानलाई ४ र अली अहमदलाई शून्यमा आउट गर्दै ३४-५ को दयनीय अवस्थामा पुर्‍याएका आकाशले २० रन बनाएका हसन इशाखिललाई आउट गर्दै आफ्नो पाँचौं विकेट लिएका थिए ।