समाजवाद उन्मुख संविधान भएको देशमा दुईथरीका स्कुल र अस्पताल चाहिन्न

काठमाडौं, १३ माघ । समाजवाद उन्मुख संविधान भएको देशमा दुईथरीका स्कुल र अस्पताल नचाहिने एक सहभागीले बताएका छन् ।

मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) काठमाडौंको शनिबार राजधानीमा भएको जिल्ला सम्मेलन तथा वार्षिक भेलामा सहभागीहरूले यस्ताे बताएका हुन् ।

सहभागीहरूले गरिबका लागि राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय खोज्नुपर्ने अवस्था भएको बताएका छन् । कार्यक्रममा मानव अधिकारबादीहरुले गरिवले छाम्दा पनि मानव अधिकार पाउन नसकेको भनाई राखे । साथै उनीहरुले मानव अधिकारबादी पनि हुने खाने र हुदा खाने गरी दुई वर्गको पक्षमा काम गर्ने गरेको आरोप लगाए ।

उनीहरुले समाजवादउन्मुख संविधान भएको देशमा पनि धनीले पढने र गरिवले पढ्ने अनि धनीले उपचार गर्ने र गरिवले उपचार गर्ने दुई प्रकारको स्कुल र अस्पताल कसरी भयो भनी प्रश्न गरे ।

सम्मेलनको उदघाटन गर्दै मानव अधिकार तथा सामाजिक मञ्च (मानव अधिकार एलाइन्स) का केन्द्रिय अध्यक्ष मीनबहादुर शाहीले राज्यको प्रथम दायित्व मानव अधिकार हुनुपर्ने बताए । उनले नेपालीलाई कि त असुरक्षित देशमा रोजगारीका लागि पठाउनै नहुने पठाए पनि सुरक्षित गर्नुपर्ने बताए ।

आयोजक मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) काठमाडौंका अध्यक्ष मोहन दंगालले सवै नेपालीले समान रुपमा मानव अधिकार उपभोग गर्न पाउनुपर्नेमा जोड दिए ।