काठमाडौं कोलम्बसका आरब लाल श्रेष्ठले पाए गोल्ड मेडल र ट्रफी
काठमाडौं, १४ माघ । काठमाडौं कोलम्बस स्कुल, बुद्धनगर र लायन्स क्लब टेम्पेल सिद्धीविनायककाे संयुक्त आयोजनामा राष्ट्रिय स्तरीय कराते प्रतियोगिता शनिबार सम्पन्न भएको छ।
नेपाल प्रहरीका पूर्व एआइजी बसन्त कुमार लामाको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
दश विधामा भएको प्रतियोगितामा केसिएस डोजो, दरबार डोजो, केन्द्रीय डोजो र अन्नपूर्ण डोजोका प्रतिस्पर्धीहरूले भाग लिएका थिए।
पुरुष ४५ केजी मुनिमा कायुस महर्जन, महिला ४० केजी मुनिमा जेनी पुन मगर र पुरुष ३० केजी मुनिमा विनायक श्रेष्ठले प्रथम स्थान हासिल गरे।
त्यसैगरि ५५ केजी मुनिको प्रतिस्पर्धात्मक खेलमा सुशान्त ठाकुरलाई पराजित गर्दै काठमाडौं कोलम्बसका आरब लाल श्रेष्ठले गोल्ड मेडल र ट्रफि प्राप्त गरे।
दरबार डोजोले प्रथम स्थान, केन्द्रिय डोजोले दोस्रो, काठमाडौ कोलोम्बस डोजोले तेस्रो र अन्नपूर्ण डोजोले चौथो स्थान हासिल गरे।
मेडिकल पार्टनर नेपाल नेशनल हस्पिटल र फुड पार्टनर भ्याली कोल्ड स्टोर रहेकाे उक्त कार्यक्रममा कराते क्षेत्रमा विगत लामो समयबाट क्रियाशील व्यक्तित्त्वहरूलाई समेत सम्मान गरिएको थियो।
प्रमुख अतिथी लामाले कराते जस्ता खेलले विद्यार्थीलाई अनुशासनसहित आत्मरक्षाबारे प्रशिक्षित गराउने बताउनुभयाे ।
विशिष्ट अतिथि लायन्स क्लब काठमाडौंका प्रथम जिल्ला भाइस गभर्नर निरा बज्राचार्यले यस्ता प्रतियोगिताले खेल, शिक्षा र अनुशासन एक आपसमा जोड्ने बताउनुभयो।
कार्यक्रमका सभापति काठमाडौ कोलम्बसका प्रधानाध्यापक संजय कुमार कुशुवाहले यस्ता प्रतियोगिताले विद्यार्थीलाई अतिरिक्त सिप सिकाउने, अझै सबल बनाउने बताउदै आगामी दिनमा यस्ता कार्यक्रम काठमाडौं कोलम्बसले अझ प्राथमिकतासहित आयोजना गर्ने जानकारी दिनु भयो।