ललितपुरकाे नागबहालमा विदेशी महिला मृत फेला

काठमाडौँ, १५ माघ । ललितपुरको मंगलबजारस्थित नागबहालमा विदेशी महिला मृत फेला परेकी छन् ।

जर्मन घर भएकी एकजना महिला मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिनुभयाे ।

नागबहालस्थित अपार्टमेन्टमा बस्ने विदेशी नागरिक आफ्नै कोठामा मृत भेटिएकी प्रहरीले जनाएकाे छ । महिलाको सनाखत भइसकेको छैन। उनी एक वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ।