मकवानपुरबाट दश किलो गाँजासहित एकजना पक्राउ

मकवानपुर, १८ माघ । मकवानपुरबाट दश किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।

मकवानपुरको हेटौँडा नगरपालिका– ३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई दश किलो गाँजासहित पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जितपुर सिमरा उपमहानगरपालिका– ७का निजलाई खानतलासी गर्दा उनले बोकेका दुई वटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको थियो ।