छाला उद्योग जग्गा प्रकरण : व्यवसायी अरुण चौधरी पक्राउ

काठमाडौं, १८ माघ । व्यवसायी अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा सीआइबीले चौधरीलाई आज पक्राउ गरेकाे हाे ।
बाँसबारी छाला उद्योगको १० रोपनी जग्गा हडपेर चाँदबाग विद्यालयको नाममा ल्याएको आरोपमा पक्राउ गरिएको सीआइबी स्रोतले जनायो ।
चौधरीसँगै छाला उद्योगका पदाधिकारी अजितनारायण सिंह थापालाई पनि पक्राउ गरिएको छ ।