आईसीसी यू-१९ विश्वकप : नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौं, १९ माघ । आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स टोली भारतले पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
नेपालले दक्षिण अफ्रिकामा जारी विश्वकपमा टस हारेपछि भारतले पहिला ब्याटिङ गर्न लागेकाे हाे । भारतले ब्याटिङ गर्ने भएपछि नेपालले पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ ।
खेल नेपाली समय अनुसार पाैने दुई बजे सुरू हुने छ ।नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो ।
नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।