रुसी सेनामा रहेका नेपालीहरूकाे छिटो उद्धार गर्न सरकारसंग माग

काठमाडौं, १९ माघ । रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले नेपाल सरकारसंग उनीहरूकाे उद्धारका लागि आग्रह गरेका छन् ।

काठमाडौंमा शुक्रबार गरिएकाे पत्रकार सम्मेलनमा रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले सरकारसँग उद्धार गर्न माग गरेका हुन् ।

उदयपुरकी टिना घिमिरेले भने मेराे श्रीमान पदम २ महिनादेखि सम्पर्कविहीन भएको छ । उनले रूसी सेनामा भएका श्रीमान पदमले २ पटक भाग्ने प्रयास गरेपनि दुबै पटक रुसी सेनाले समाएर लगेकाे बताइन् ।

सतुङ्गलका नारायण खड्गीले पनि आफ्नो सालो सम्पर्कविहीन भएको बताए । ७ लाख रुपैयाँ खर्च गएर ६ महिना अगाडि रुसी सेनामा भर्ना भएका सालो रामकुमार प्रधानसँग अन्तिम पटक २५ असोजमा कुराकानी भएको उनले बताए ।

खोटाङकी शिला राईले रुसी सेनामा भर्ना भएका दाइ रवीनकुमार राई घाइते अवस्थामा रहेका बताइन् । २१ दिनदेखि अस्पतालमा रहेका दाइलाई उद्धार गरिदिन उनले आग्रह गरिन् ।

पत्रकार सम्मेलनमा रुसी सेनाबाट भागेका आएका सुमन राईले त्यहाँ करिब १४/१५ हजार नेपाली हुनसक्ने सुनाएका थिए ।