सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान
काठमाडौं, २२ माघ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएकाे छ ।
हिउँदे अधिवेशनको पहिलो बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो ४ बजेका लागि बोलाइएको छ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक साढे १ बजे संसद भवन नयाँ वानेश्वरस्थित शंकर हलमा बस्नेछ ।
बैठकमा प्रतिनिधि सभाको क्यालेन्डर स्वीकृत गर्ने लगायतका विषयमा छलफल हुनेछ ।
कार्यव्यवस्था परामर्श समितिमा सभामुख, कानुनमन्त्री र प्रतिनिधिसभामा रहेका सबै दलको प्रमुख सचेतक, सचेतक र दलले तोकेका प्रतिनिधिहरु सदस्य हुन्छन् ।