शान्तिवाटिकाबाट धर्नामा बसेकालाई महानगर प्रहरीले हटायो

काठमाडौं, २३ माघ । काठमाडाैंकाे शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई महानगर प्रहरीले हटाएको छ ।

मंगलबार नगर प्रहरीको टोलीले धर्नामा बसेकाहरुलाई हटाएको हाे । शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए ।

यसअघि माइतीघरमा धर्नामा बसेकाहरुलाई प्रहरी प्रशासनले हटाएको थियो । माइतीघरमा निषेधित क्षेत्र घोषणा गरेर धर्ना र प्रदर्शन गर्नेहरुका लागि भृकुटीमण्डपमा स्थान तोकिएको थियो ।

मिटरब्याज पीडित, आरती साहको परिवार लगायतका समूह शान्तिवाटिकामा धर्नामा बस्दै आएका थिए ।