६० किलो सुन तस्करी प्रकरणमा माओवादी नेतृ अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं, २४ माघ । ६० किलो ७ सय १६ ग्राम सुन तस्करीकी आरोपी माओवादी नेतृ अमला रोकाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’ले डिफ्युजन नोटिस जारी गरेको छ ।

सीआईबी प्रहरीका अनुसार माओवादी केन्द्रकी नेतृ अमलाविरुद्ध डिफ्युजन नोटिस जारी भएको हाे ।

रोल्पा घर भएकी अमला ६० किलोसुन तस्करीमा संलग्न तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नी हुन् उनी ठमेलस्थित ‘होटेल भियना’ को सञ्चालिका समेत हुन् । अमला माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्व उपाध्यक्ष हुन् ।

सीआईबी प्रहरीका अनुसार उनी पतिकै कारण सुन तस्करीमा जोडिएको निष्कर्ष छ । उनीविरुद्ध इन्टरपोलले ५ फेब्रूअरीमा डिफ्युजन नोटिस जारी गरेको हाे ।