पाकिस्तानको आमचुनावमा सुरक्षाको कारण देखाउदै मोबाइल फोन सेवा बन्द, मतदान जारी

काठमाडौं, २५ माघ । पाकिस्तानको आम निर्वाचन सरकारले सुरक्षाको कारण देखाउदै मोबाइल सेवा फोन सेवा बन्द गरेकाे छ ।

पाकिस्तानी सरकारले सुरक्षाको कारण देखाउदै मोबाइल सेवाकोे नेटवर्क बन्द गराएको हाे । त्यहाँको गृहमन्त्रालयले पछिल्ला आतंकवादी घटनाहरुका कारण टेलिफोन सेवा बन्द गरिएको जनाएको छ ।

मतदानका लागि सर्वसाधारणहरू मतदान केन्द्र तर्फ जान थालेका छन् । निर्वाचनका लागि देशभर ९० हजार ६ सय ७५ मतदान केन्द्र तोकिएका छन् । चुनावमा एक सय ६७ राजनीतिक दल र स्वतन्त्र गरी पाँच हजार एक सय २१ जना उम्मेदवार चुनावी मैदानमा रहेको बीबीसीले जनाएको छ ।

पूर्व प्रधानमन्त्री इमरान खानलाई अविश्वासबाट पदच्यूत गरेको झण्डै दुई वर्षपछि आज त्यहाँ निर्वाचन भएको हो ।

पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिगदेखि बिलावाल भुट्टो र आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टीले उम्मेद्वार खडा गरेका छन् ।

जेलमा रहेका इमरान खानको पाकिस्तान तहरीक–ए–इनसाफ पाटीको चुनाव चिन्ह खारेज भएकाले यसका उम्मेदवार स्वतन्त्ररूपमा चुनावी प्रतिस्पर्धामा छन् । पाकिस्तानमा १२ करोड ८५ लाख जना मतदाता छन् । यसअघि २०१८ मा भएको आम चुनावमा ५२ प्रतिशत नागरिकले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।