टीकापुरकाे ३० बिघा सरकारी जग्गा घोटाला प्रकरण : अख्तियारद्वारा २४९ जनाविरूद्ध मुद्दा चलाउने

काठमाडौं, २५ माघ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले टीकापुरको बजार क्षेत्रमा रहेको ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा २४९ जनाविरुद्ध मुद्दा चलाउने भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगकाे बिहीबार बसेकाे बैठकले टीकापुरको बजार क्षेत्रमा रहेको ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा २४९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाउने निर्णय गरेको हो ।

टीकापुर बजार क्षेत्र वरिपरिको करिब ३० बिघा सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारीको नाममा दलका कर्यकर्ता र उनीहरूका आफन्तलाई वितरण गरिएको थियो। अनुसन्धानका क्रममा जग्गा वितरणमा अनियमितता भएको पाइएपछि मुद्दा चलाउने निष्कर्षमा अख्तियार पुगेको हो ।

अख्तियारले टीकापुर विकास समितिका सबैजसो पदाधिकारीलाई प्रतिवादी बनाउने भएको छ । टीकापुर क्षेत्रको बृहत् विकासका लागि परिकल्पना गरेर गठन भएको टीकापुर नगर विकास समितिका पदाधिकारी र बिचौलियाको मिलेमतोमा जग्गा हिनामिना भएकाे अख्तियारकाे ठहर छ ।