नेप्से परिसूचक सामान्य अंकले बढ्याे

काठमाडाैं, २५ माघ । बिहीबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ५.६८ अंक बढेर २०९६.३२ विन्दुमा पुगेको हाे ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.६७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ८४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ६७ हजार २७३ पटकको कारोबारमा ३ अर्ब २१ करोड २२ लाख रुपैयाँ बराबरको ९१ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समाज लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने माया खोला हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन चन्द्रगिरी हिल्सको करिब ९ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशत बढेको छ ।