सालिनदिस्थित श्री माधवनारायण भगवान परदेश यात्रा क्रममा पशुपतीमा महास्नान गर्दै (तस्विरहरू)

काठमाडाैं, २६ माघ । माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन समेत गरेका छन् ।
पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि व्रतालुहरू शुक्रबार साँझ पशुपति क्षेत्रमा आएर बास बसेका थिए ।
पशुपतिनाथको दर्शनपछि बर्तालुले ताम्रेश्वरमा पुगी अघ्र्यदान गरेका छन् । ताम्रेश्वरमा अघ्र्यदानपछि बर्तालु पैदल हिँडेर सलम्पाख भनिने सानोगौचरणमा पुगेर भोजन गर्ने प्रचलन छ । भोजनपछि बर्तालु दक्षिणकाली नगरपालिकाको शेषनारायणमा गएर बास बस्छन् ।
पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको बर पाउने धार्मिक विश्वास छ ।