हिमालयन रिइन्सुरेन्सले ८ अर्ब ३२ करोड बराबरको हकप्रद सेयर जारी गर्दै

काठमाडौं, २८ माघ । हिमालयन रिइन्सुरेन्सले प्रस्तावित बोनस सेयर पारितका लागि साधारण सभा बाेलाएकाे छ । कम्पनीले आफ्ना सेयरधनीलाई ४.२१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हाे ।

सोही प्रस्ताव पारित गर्न कम्पनीले आगामी फागुन २० गते साधारण सभा बोलाएको हो । सभामा बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीको ८० प्रतिशत अर्थात् १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निष्कासनको विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

सभामा कम्पनीले ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयरजारी गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।
सभामा कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोही बमोजिमका प्रवन्धपत्रको सम्वन्धित दफाहरु संशोधन गर्ने प्रस्ताव पनि स्वीकृत गर्नेछ ।

सोही सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल गरि पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गते बुक क्लोज गर्ने भएको छ ।