सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले लियो नन्दबहादुर पुनका छाेरा दिपेशसँग बयान
काठमाडौं, २८ माघ । सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दीपेश पुनसँग बयान लिएको छ ।
आयोगले आइतबार अखिल क्रान्तिकारीका महासचिव पुनसँग बयान लिएको हो । उनी पूर्व उपराष्ट्रपति तथा नन्दबहादुर पुन पासाङका छोरा समेत हुन् ।
आयोगले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा लगायतसँग पनि बयान लिइसकेको छ ।