टिकटकले प्रतिबन्ध खुलाउन सरकारलाई पठायाे प्रतिबद्धता पत्र

काठमाडौं, २९ माघ । टिकटकले प्रतिबन्ध हटाउन आग्रह गर्दै नेपाल सरकारलाई पत्र पठाएकाे छ ।
आइतबार टिकटकले नेपालको कानुन अनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रतिबन्ध फुकाइदिन पत्र पठाएकाे हाे ।
गत कात्तिक २७ मा मन्त्रिपरिषद बैठकले टिकटकले समाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै बन्द गर्ने निर्णय गरेको थियो ।
त्यसपछि टिकटकले ३० कात्तिकमा नेपाल दूरसञ्चार प्राधिकरण र २० मंसिरमा सञ्चार मन्त्रालयलाई पत्र लेख्दै प्रतिबन्धको निर्णय फिर्ता लिन आग्रह गरेको थियो ।
आइतबार फेरि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै टिकटकले पत्र पठाएकाे छ । आइतबार पठाएको पत्रमा नेपालको व्यवस्था अनुसार नेपालको कानुनी प्रक्रिया पूरा गर्न तयार रहेको बताएको छ ।