एमाले मुख्यालयमा ओलीले सुनाएको ऐँठनको सन्दर्भ र पीएलको नोस्टाल्जिया

काठमाडौं, १ फागुन । नेकपा (एमाले) मुख्यालयमा आज तनहुँका पुराना कम्युनिष्ट नेता प्रतापलाल श्रेष्ठ अर्थात् (पीएल) निकै प्रफुल्लमुद्रामा हुनुहुन्थ्यो । नेकपा (एमाले)को कुनै समय तनहुँ जिल्लाको प्रमुखको समेत जिम्मेवारी सम्हाली सक्नुभएका पीएल नेकपा (एकीकृत समाजवादी)को स्थापनापछि उक्त पार्टीको पोलिट्ब्युरो सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

पछिल्लो समय एकीकृत समाजवादीबाट बिरक्तिनु भएका पीएललाई आफ्नो पुरानो घर फर्किने हुटटुटी निकै बढेको रहेछ । आज नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेपछि पीएल एउटा ठूलो सपना पूरा भएझैँ निकै खुशी देखिनुहुन्थ्यो । एमालेमा अध्यक्ष ओलीले स्वागत गरेपछि केन्द्रीय कार्यालय सचिव डा भीष्म  अधिकारीले पीएललाई केही सम्वोधनका लागि आग्रह गर्नुभयो ।

शालीन स्वाभावका पीएलले सम्वोधनका क्रममा एकीकृत समाजवादीबाट बिरक्तिनुको पन्तुरो मात्रै खोतल्नु भएन । अध्यक्ष ओलीसँगको करीब २० वर्ष अघिका स्मरणहरु पनि सुनाउनुभयो । पार्टी प्रवेश कार्यक्रममा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल हुनुहुन्थ्यो भने । महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमालसहितका नेताहरु पनि कार्यक्रम हलमा उपस्थित हुनुहुन्थ्यो ।

शालीन स्वाभावका पीएलले सम्वोधनका क्रममा एकीकृत समाजवादीबाट बिरक्तिनुको पन्तुरो मात्रै खोतल्नु भएन । अध्यक्ष ओलीसँगको करीब २० वर्ष अघिका स्मरणहरु पनि सुनाउनुभयो

पीएलले सम्वोधनको सुरुमै अध्यक्ष ओलीसँगको करीब २० अघिको सन्दर्भ जोड्नुभयो । अध्यक्ष ओलीको मानसपटलबाट समेत सायद हराइसकेको सन्दर्भ जोड्दै पीएलले कार्यकर्तालाई उत्साहित बनाउने ओली स्वाभाको प्रसङ्ग जोड्दै भन्नुभयो– ‘केपी कमरेडसँगको एउटा सन्र्दभ मलाई अहिले पनि याद छ । एक समय केपी कमरेडले मलाई एपीएल कमरेड तपाईँ तनहुँको पार्टी प्रमुख, म पोखरा आउँदै छु । त्यहाँका साथीहरुसँग एक पटक भेटौँ र गफ गरौँ न भन्नुभयो । मैले उहाँलाई ओहो ! कमरेड आज त जिल्ला स्तरीय प्रशिक्षण छ भने । त्यतिबेला उहाँको स्वास्थ्य राम्रो छैन भन्ने पनि चर्चा चलिरहेको थियो । उहाँले करीब दुई घण्टा छलफल गर्नुभयो । त्यतिबेला उहाँले एमाले भन्ने पार्टी कसैसँग डराउँदैन भन्दै हामीलाई पनि नडराउनु है भन्दै आडभरोसा दिनुभयो । त्यतिबेला उहाँको त्यो प्रशिक्षणबाट धेरै साथीहरु प्रभावित हुनुभएको थियो । कमरेड केपी शर्मा ओलीसँग यस्ता धेरै घटनाहरु छन् ।’ पीएलले यति सम्वोध गर्दै गर्दा उहाँको मुहारले पूर्वस्मृतिमा डुबुल्की मारेको छनक दिन्थ्यो अर्थात उहाँ नोस्टाल्जिया हुनुभएको थियो ।

उहाँले ओलीसँगको मात्रै होइन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको सन्दर्भ पनि जोड्दै भन्नुभयो– ‘कमरेड ईश्वर पोखरेलसँग पनि धेरै स्मरणहरु छन् । २०५९ सालको चैत्र १९ गते उहाँ गिरफ्तार हुनु भएको थियो । म पनि गिरफ्तार भएको थिएँ । कमरेडलाई कति याद छ ? त्यतिबेला मेरो छातीमा सिरानी राखेर उहाँ सुत्नु भएको थियो । यस्ता धेरै स्मरणहरु छन् ।’

उहाँले ओली र पोखरेलसँगको केही सन्र्दभको स्मरण गरेपछि एकीकृत समाजवादी छाड्नुपर्ने उदेश्यबारे केही थप सन्दर्भ जोड्नुभयो । ‘तपाईँहरु धेरैलाई किन नेकपा (एकीकृत समाजवादी) छाडेर आउनु भयो भन्ने लाग्नसक्छ । मैले त्यो पार्टी छाड्नका धेरै कारणहरु छन् । एकीकृत समाजवादीमा मदन भण्डारीप्रति अनास्था राख्ने काम भयो । त्यो दुर्भाग्यपूर्ण थियो ।’

‘तपाईँहरु धेरैलाई किन नेकपा (एकीकृत समाजवादी) छाडेर आउनु भयो भन्ने लाग्नसक्छ । मैले त्यो पार्टी छाड्नका धेरै कारणहरु छन् । एकीकृत समाजवादीमा मदन भण्डारीप्रति अनास्था राख्ने काम भयो । त्यो दुर्भाग्यपूर्ण थियो ।’

उहाँले सम्वोधनकै क्रममा अहिलेका चीनका राष्ट्रपतिको सन्दर्भ पनि उल्लेख गर्नुभयो । ‘अहिलेका चीनका राष्ट्रपतिकी दिदीलाई १९७२–०७३ तिर हत्या गरियो । उनी श्रम शिविरमा गए । जब उनी सन् २०१३ मा चीनको राष्ट्रपति भए । त्यसपछि उनले दिएको अभिव्यक्ति हेर्नुहोस् त । उनले माओत्सेतुुङ र उनको विचारधारालाई कति धेरै आस्था राखेका थिए,’ चिनियाँ राष्ट्रपति सी जिङ पिङको सन्दर्भ उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘तर, एकीकृत समाजवादीमा जनताको बहुदलीय जनवादलाई भुल्ने र मदन भण्डारीको योगदानलाई अनास्था गर्ने काम भयो । यो मलाई कदापि चित्त बुझ्दो लागेन । त्यसपछि त अझ मलाई आत्मनिर्णय गर्नुपर्छ भन्ने लाग्यो र म एमाले फर्किने निर्णयमा पुगे ।’

तर, एकीकृत समाजवादीमा जनताको बहुदलीय जनवादलाई भुल्ने र मदन भण्डारीको योगदानलाई अनास्था गर्ने काम भयो । यो मलाई कदापि चित्त बुझ्दो लागेन । त्यसपछि त अझ मलाई आत्मनिर्णय गर्नुपर्छ भन्ने लाग्यो र म एमाले फर्किने निर्णयमा पुगे ।’

सम्वोधनका क्रममा निकै भावुक बन्नुभएका पीएलले सम्वोधन सकेपछि अधिकारीले अध्यक्ष ओलीलाई सम्वोधनका लागि आग्रह गर्नुभयो । ओलीले पीएलसँगै एमाले प्रवेश गर्नुभएका एकीकृत समाजवादीकै केन्द्रीय कमिटी सदस्य शंकरनारायण श्रेष्ठलाई ‘केही भन्नु छ कि ?’ भनेपछि श्रेष्ठले पनि केही भनाई राख्ने मनसाय व्यक्त गर्नुभयो ।

श्रेष्ठपछि ओलीले सम्वोध गर्दै पीएल र शंकरलाई जहाँ लागे पनि अर्जुन दृष्टिसहित लाग्ने असल योद्धा भएको भन्दै माधवकुमार नेपालले प्रयोग गरेको आरोप लगाउनुभयो । उहाँले पीएल र शंकरलाई पार्टीमा बोक्न सक्ने भारी बोकाउन तयार रहेको भन्दै एकीकृत समाजवादीमा देखेको सपना नभई ऐँठन भएको भन्दै त्यो ऐँठन विर्सिएर काम गर्न आग्रह गर्नुभयो ।

श्रेष्ठपछि ओलीले सम्वोध गर्दै पीएल र शंकरलाई जहाँ लागे पनि अर्जुन दृष्टिसहित लाग्ने असल योद्धा भएको भन्दै माधवकुमार नेपालले प्रयोग गरेको आरोप लगाउनुभयो ।

‘तपाईँहरुले एकीकृत समाजवादीमा देखेको सपना छ नि त्यो ऐँठन हो । त्यो साच्चो सपना होइन । ऐँठन हुँदा लखेटेको देखिन्छ । के भएको देखिन्छ,’ ओलीले भन्नुभयो, ‘त्यो ऐँठन हो, त्यसलाई ऐँठन भनिन्छ । एमाले छाडेर माधव नेपालको पार्टीमा लागेको सपना होइन ऐँठन हो । के–के देखियो, के–के भोगियो ? त्यसलाई छाडिदिऔँ । अब ब्युँझियो । अब रियल जीन्दगीमा अघि बढौँ । ऐँठनलाई विर्सिदिऔँ ।’ ओलीले त्यसो भन्दा पीएल र शंकर दुबै भावुक हुनुभएको थियो ।