६ कार्यसूचिसहित एमाले केन्द्रीय कमिटी बैठक सुरु (१० तस्बिर)

काठमाडौं, ८ फागुन । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । एमाले मुख्यालयमा बैठक सुरू भएको हो । तीन दिनसम्म चल्ने बैठकका लागि ६ वटा कार्यसूची तय छन् । अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्ने कार्यसूचि छ ।

त्यसैगरी बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणा मुख्य एजेण्डा रहेको छ । एमालेले गठबन्धन सरकारविरुद्ध सडकदेखि सदनसम्म संघर्षका कार्यक्रमसेत यो बैठकबाट अघि सार्ने तयारी गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी, अन्य एजेण्डामा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाब, समसामयिक प्रस्ताव रहेका छन् ।