राज्यले पर्यटन क्षेत्रलाई मूलमन्त्र मानेर अघि बढ्नुपर्छः प्रदिप पण्डित, प्रथम उपाध्यक्ष (टान) अन्तर्वार्ता

काठमाडौं, ८ फागुन । अलपाईन कैलाश ट्रेक प्रा.लि.का प्रबन्ध निर्देशक समेत रहनु भएका ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का प्रथम उपाध्यक्ष प्रदिप पण्डित प्रचार र पूर्वाधारको अभावका कारण नेपालमा आवश्यक मात्रा पर्यटक भित्र्याउन नसकिरहेको बताउनुहुन्छ ।

उहाँ राज्यले पर्यटन क्षेत्रलाई मूलमन्त्र मानेर २ हजार बढी पर्यटन व्यवसायीहरु आवद्ध रहेको छाता संगठन टानलगायत अन्य संस्थाहरुसँग हातेमालो गरेर अघि बढ्ने हो भने पर्यटनका क्षेत्रमार्फत मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सकिने बताउनु हुन्छ ।

अहिले हामी १० लाख पर्यटक भन्दै रमाइरहेको भन्दै उहाँले त्यहिमा मात्रै सन्तुष्ट भएर बस्ने हो भने पर्यटनका क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन नसकिने दाबी गर्नुहुन्छ । व्यावसायिक भरोसा टिकाईराख्न टानलाई अझै बलियो बनाउनु पर्नेमा जोड दिदैँ आउनु भएका पण्डित आर्थिक क्षेत्रमा पनि टानलाई मजबुत बनाउनुपर्ने बताउनुहुन्छ ।

युवा अवस्थामै व्यवसायमा राम्रो फड्को मार्न सफल उहाँ युवाहरुलाई विदेश पलायन होइन स्वदेशमै केही गर्ने हुटहुटी जगाउन राज्यले पनि पहल गर्नुपर्नेमा समेत जोड दिनुहुन्छ । पर्यटन, उर्जा र कृषिका माध्ययमबाट मुलुकको अर्थतन्त्रमा कायपलट गर्न सकिने उहाँको ठम्याई छ ।

त्यसैले स्वदेशका जमिन बाँझो नराख्ने, डाँडा,पाखा र हिमालका चुचुरासम्म पर्यटकलाई लैजाने वातावरण बनाउनुपर्ने, यहाँका धार्मिक तथा ऐतिहासिक र पर्यटकीय स्थानहरुको प्रचार–प्रसारमा जोड दिनुपर्ने उहाँको सुझाव छ । राज्यले नीजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने हो भने समृद्धिको सपना पूरा गर्न सकिने उहाँको अठोट छ । पण्डितसँग टान, पर्यटन क्षेत्रको विकास, उहाँले व्यवसायमा भोगेका उतारचढावलगायतका विषयमा केन्द्रित भएर गरिएको भिडियो कुराकानीः