क्यानडालाई २ विकेटले पराजित गर्दै नेपाल ‘ए’ को पहिलो जित

काठमाडौँ, ८ फागुन । क्यानडाले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ टीमले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर जित निकालेको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले जित भेट्टाएको हो। जितमा कप्तान सन्दीप जोराले ६६ रन, अर्जुन कुमालले ४०, शेर मल्लले ७, किरण थगुन्नाले १३ रन बनाएका थिए । क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए । साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।